नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार

८ चैत्र, २०८२, आइतवार
सारांश
  • आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो ।  आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्डको शेयर ५.७१ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको शेयर ७७ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्टको शेयर ७५ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार