- शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ ।
काठमाण्डौ, ०३ चैत्र । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइपिओको बाँडफाँड आज बिहान ८: ३० बजे हुने जानकारी दिएको छ ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस आइपिओमा ऐतिहासिक २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । यो आइपिओको इतिहासकै सबैभन्दा धेरै लगानीकर्ताले आवेदन दिएको आइपिओ बनेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’