ब्रान्डेड टोकनदेखि विविध पोर्टफोलियोसम्मः ट्रम्प परिवारको क्रिप्टो मोडेल
२०८२ मङ्सिर ०८ सोमवार
- ट्रम्प परिवारले केवल सट्टाबाजी मात्र होइन, संरचित क्रिप्टो सम्झौताहरूबाट पनि लाभ उठाइरहेका छन् ।
क्रिप्टोप्रति विश्वभर लगानीकर्ताहरूको रुचि बढ्दै गएको छ । सोही परिप्रेक्ष्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको परिवार पनि यसको प्रभावबाट अछुतो रहेनन् । सेप्टेम्बर २०२५ सम्म राष्ट्रपति ट्रम्पको कुल सम्पत्तिको मूल्य करिब ७.७ अर्ब डलर थियो तर हालै उनको सामाजिक सञ्जाल कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप को शेयर मूल्यमा ठूलो गिरावट आयो । नोभेम्बर २०२४ मा सो कम्पनीको शेयर मूल्य प्रति कित्ता ३०.७७ डलर थियो, जुन २०२५ को नोभेम्बरमा झरेर १०.३३ डलरमा पुगेको छ । यसका कारण ट्रम्पको कुल सम्पत्ति ७.७ अर्ब डलरबाट घटेर करिब ६.७ अर्ब डलर पुगेको छ । अर्थात् करिब १.१ अर्ब डलरको कमी आएको छ । क्रिप्टो लगानी ट्रम्प परिवारको वित्तीय पोर्टफोलियोको महत्वपूर्ण हिस्सा बनेको छ, तर हालसालै आएको यस व्यापक गिरावटले गर्दा उनीहरुले चुनौतीपूर्ण स्थिति सिर्जना गरेको बताइन्छ ।
ट्रम्प परिवारका सदस्य एरिक ट्रम्पले भने यो भारी गिरावटका बाबजुद आफू आशावादी रहेको बताएका छन् र लगानीकर्ताहरुलाई buy the dip गर्न प्रोत्साहित गरेका छन् । जसको अर्थ मूल्य घट्दा खरिद गर्ने र पछि मूल्य बढेपछि बेचेर नाफा कमाउने हो ।
ट्रम्प परिवारले केवल सट्टाबाजी मात्र होइन, संरचित क्रिप्टो सम्झौताहरूबाट पनि लाभ उठाइरहेका छन् । अमेरिकी अर्थतन्त्रमा तथा राजनीतिक पहुँचका कारण उनीहरू टोकन सिर्जना, बिक्री तथा रणनीति मूलक नाफा आर्जन गर्न सक्षम छन् । जुन सुविधा साधारण खुद्रा लगानीकर्ताहरूका लागि उपलब्ध हुँदैन ।
ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप (ट्रुथ सोसल)
सेप्टेम्बर २०२५ देखि ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप (ट्रुथ सोसल) को शेयर मूल्य करिब ८०० मिलियन डलरले घटेको छ । कम्पनीले करिब २ अर्ब डलर बिट्क्वाइनमा लगानी गरेको छ । साथै, कम्पनीले करिब ११,५०० बिट्क्वाइन प्रति कित्ता १,१५,००० डलर दरले खरिद गरेको थियो र हाल ती बिट्क्वाइनमा करिब २५ % घाटा देखिन्छ । ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपले Crypto.com बाट सीआरओ टोकन पनि खरिद गरेको थियो, जसको मूल्य अहिले ५० प्रतिशत घटेको छ ।
यसबाहेक, कम्पनीले आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्ने उद्देश्यले Truth Predict नामक नयाँ प्लेटफर्म सुरू गरेको छ, जसले खेलकुद र राजनीति क्षेत्रसँग सम्बन्धित भविष्यवाणी तथा सट्टाबाजी सेवा प्रदान गर्छ ।
वल्र्ड लिबर्टी फाइनान्सियल
वल्र्ड लिबर्टी फाइनान्सियल ट्रम्प परिवारको मुख्य क्रिप्टो परियोजना हो । वल्र्ड लिबर्टी फाइनान्सियलको टोकन मूल्य प्रति कित्ता २६ सेन्टबाट १५ सेन्टमा झरेको छ । जसले ट्रम्प परिवारलाई करिब ३ अर्ब डलर बराबरको कागजी घाटा भएको देखिन्छ । ट्रम्प परिवारसँग करिब ३.१५ अर्ब डलर बराबरका लक गरिएको टोकनहरू छन्, तर ती टोकनहरू हाल ब्लूमबर्गको सूचीमा छैनन् ।
केही टोकन Alt5 Sigma Corp लाई बिक्री गरिएको थियो, जसबाट करिब ७५० मिलियन डलर नगद तथा इक्विटी प्राप्त भएको बताइन्छ । तर Alt5 का शेयर ७५ प्रतिशतसम्म घटेका छन् । ट्रम्प परिवारले Alt5 सम्झौतामार्फत करिब ५०० मिलियन डलर र Alt5 सँगको सम्झौताभन्दा अघि वल्र्ड लिबर्टी फाइनान्सियलबाट करिब ४०० मिलियन डलर नाफा कमाएको देखिन्छ ।
डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेको करिब दुई महिना पछि, उनका परिवारका सदस्यहरूले अर्को नयाँ क्रिप्टो परियोजनामा प्रवेश गरेका थिए । एरिक ट्रम्प र डोनाल्ड ट्रम्प जूनियरले Hut 8 Corp नामक क्रिप्टो कम्पनीसँग सहकार्य गरेका थिए । Hut 8 Corp ले आफ्नै बिट्क्वाइन माइनिङ उपकरण उपलब्ध गराएबापत नयाँ बनेको कम्पनी American Bitcoin Corp मा ठूलो हिस्सेदारी पाएको थियो ।
यस परियोजनाको उद्देश्य नयाँ कम्पनीमार्फत बिट्क्वाइन माइनिङ गर्ने र त्यसबाट आम्दानी उत्पन्न गर्ने थियो । यसमा एरिक ट्रम्पले करिब ७.५ प्रतिशत हिस्सा पाएका थिए भने डोनाल्ड ट्रम्प जूनियरको हिस्सा तुलनात्मक रूपमा सानो थियो ।
American Bitcoin Corp को शेयर मूल्य सेप्टेम्बर २०२५ मा प्रति कित्ता ९.३१ डलरसम्म पुगेको थियो, तर अहिले करिब ५० प्रतिशत झरेको छ, जसले ट्रम्प परिवारलाई करिब ३३० मिलियन डलर बराबरको घाटा भएको देखिन्छ ।
ट्रम्प–ब्रान्डेड मिमक्वाइन
अगस्त २०२५ देखि मिमक्वाइनको मूल्य करिब २५% घटेको छ । जसले कुल घाटा करिब ११७ मिलियन डलर पुगेको छ । स्वामित्व भने आंशिक रूपमा अस्पष्ट छ । ब्लूमबर्गले करिब ४०% हिस्सेदारी ट्रम्प परिवारसँग वल्र्ड लिबर्टी फाइनान्सियलमार्फत रहेको अनुमान गरेको छ । जुलाई २०२५ मा ९० मिलियन टोकन अनलक भएका थिए, जसमा ट्रम्पसहितका भित्री समूहहरूले करिब ४०% टोकन प्राप्त गरेका थिए । यी नयाँ अनलक टोकनहरूको मूल्य करिब २२० मिलियन डलर रहेको छ, जसले ट्रम्प परिवारले भोगेको घाटालाई आंशिक रूपमा पूर्ति गरेको छ ।
खुद्रा लगानीकर्ता र ट्रम्प परिवार
खुद्रा लगानीकर्ताले मूल्य घटबढ र सट्टाबाजीको पूर्ण जोखिम सामना गर्नुपर्छ । तर ट्रम्प परिवारले टोकन सिर्जना गरेर बिक्री गर्ने, संरचित सम्झौताबाट आम्दानी गर्ने, र समयअनुसार मूल्य बढ्ने सम्भावनाका लागि लक गरिएको टोकनहरू राख्ने जस्ता माध्यमबाट नाफा आर्जन गरेको देखिन्छ ।
क्रिप्टोको मूल्य घटेर घाटा भए तापनि ट्रम्प परिवारसँग विविध क्रिप्टो पोर्टफोलियो रहेकोले भविष्यमा नाफा कमाउने सम्भावना कायम नै छ ।
अन्त्यमा,
ट्रम्प परिवारको क्रिप्टो लगानीले अरबौँको कागजी घाटा सिर्जना गरेको छ । तर संरचित सम्झौता, टोकन सिर्जना, र लक गरिएको टोकन अनलक गरी बिक्री गर्दा ती घाटाहरू केही हदसम्म कम भएका छन् । जसले दीर्घकालीन लाभको सम्भावना कायम राखेको छ ।
साधारण खुद्रा लगानीकर्ताहरू भने बजारको उतार–चढावका कारण बढी जोखिममा पर्दै घाटामा परेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।