- आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो ।
काठमाडौँ : आज नेप्सेमा गिरावट आएको छ । आज विहिबार नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३१७ कम्पनिका एक करोड २७ लाख १ हजार ९७ कित्ता शेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भने बिन्ध्याबसिनी हाइड्रोको शेयर ६.०७ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ३.८३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर सबै भन्दा बढी ३५ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने बिन्ध्याबासिनी हाइड्रोको १९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’