धुलो र हिलो रहित सडकको परिकल्पनालाई सार्थक तुल्याउन काम भइरहेको छः अर्थमन्त्री पौडेल
२०८२ श्रावण २१ बुधवार
- बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् ।
काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।
बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ को उद्घाटन गर्दै सडक निमार्णको सिलसिलामा धुलो र हिलो रहित सडकको परिकल्पना पुरा गर्न काम गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अब हामी सडकको सन्दर्भमा धुलो रहित सडक र हिलो रहितको परिकल्पना मात्र गरिरहेका छैनौ त्यसलाई व्यहारिक रुपमा सार्थक तुल्याउदै छौ । हामी सडक निमार्णको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौ ।’
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा सडकको गुणस्तर बृद्धिका साथै भु–बनोट अनुसार बिसिसि वा आरसिसिको आवश्यकता अनुसार सडक निर्माण गरिने बताए ।
‘चालु आर्थिक वर्षको बजेटमा हामीले प्रस्ताव गरेका छौ कि अव सडकको गुणस्तर सुनिश्चित गर्ने हिसाबले खासगरिकन त्यस्ता ठाउँहरु जहाँको भु–बनोटले आरसिसि कस्ट्रक्सनको डिमान्ड गर्छ । सिमेन्ट, रोडा, डण्डिको आवश्यकता पर्छ त्यो हिसाबले बिसिसि वा आरसिसि गरेर हामीले सडक निमार्ण गर्नुपर्छ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।