४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
२०८२ श्रावण १४ बुधवार
- नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । १ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स १०.७५ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७४ अंकले घटेको छ । यसदिन सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जीको शेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ७७.४३ रुपैयाँले बढेर १२२६.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिकलेस हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ४९.२५ रुपैयाँले बढेर १००३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
यसदिन ग्रिन डेभ्लप्मेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ८.०४ प्रतिशतले घटेर १२४७.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, सिवम् सिमेन्ट र ग्रिनभेन्र्चस लिमिटेड कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’