विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि

२०८२ जेठ २८ बुधवार
सारांश
  • विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करीब रु ५० अर्ब बढ़ी रकम नेपाल भित्रिएको छ ।

काठमाडौं: वैदेशीक रोजगारीबाट भित्रिने विप्रेषण (रेमिट्यान्स) को मात्रा १३.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विप्रषणमा वृद्धि भएको देखिएको हो ।


राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।


चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह रु १ खर्ब १५ अर्ब ९९ करोड़ रहेको थियो । विप्रेषणबाट गत वर्षको तुलनामा यस वर्ष करीब रु ५० अर्ब बढ़ी रकम नेपाल भित्रिएको छ ।


यसैगरी, समीक्षा अवधिमा (चालू आवको साउन देखि वैशाख सम्म) अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढ़ेर ९ अर्ब ९६ करोड़ अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढ़ेको थियो ।


गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या यस वर्ष ७६ हजारभन्दा बढ़ीले वृद्धि भएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । यसैगरी २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३ लाख ७३ हजार ३०७ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका थिए भने २ लाख ३६ हजार ३९८ जनाले पुनः श्रम स्वीकृति लाएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार