- पछिल्लो समय सेयर बजारमा प्रतिदिन आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सिर्जना भएपछि बोर्डले वित्तीय साक्षरता सञ्चालन गरेको हो ।
मुगु: मुगुको सदरमुकाम गमगढी बजारमा पहिलो पटक पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
सदरमुकाममा रहेको होटल मुनलाइटमा नेपाल धितोपत्र बोर्डको आयोजना, उद्योग वाणिज्य संघको सहजीकरणमा पूँजी बजार सम्बन्धी जनचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
पछिल्लो समय सेयर बजारमा प्रतिदिन आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सिर्जना भएपछि बोर्डले वित्तीय साक्षरता सञ्चालन गरेको हो ।
पूँजी बजारलाई व्यवस्थित गर्न, साना तथा ठूला लगानीकर्ताको हक हित संरक्षण तथा पूँजी बजारको विकासमा टेवा पुर्याउने उद्देश्यले मुगुलगायत कर्णाली प्रदेशका जिल्ला जिल्लामा पुगेर धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको नेपाल धितोपत्र बोर्डले जानकारी गराएको छ ।
कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले शैक्षिक रुपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तीय साक्षरता आवश्यक रहेको बताए ।
शेयर पूँजी कस्तो ठाँउमा लगाउने कसरी लगाउने यसका फाइदा र घाटा लक्ष्य, उद्देश्यलगायतका बिषयमा हिमाली जिल्ला तथा ग्रामीण भेगका लगानीकर्ता वित्तीय साक्षरताको पहुँचमा नरहेको उनले बताए ।
सेयर आवेदन भर्नेदेखि खरिद विक्रीलगायतका पक्षमा उस्तै समस्या देखिएको हुँदा मुगु उद्योग बाणिज्य संघसंग सहकार्य गरेर जनचेतना जगाउने काम गरेको बताए ।
मुगुमा ठूला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिन साक्षरता आवश्यक छ’ उपकार्यकारी निर्देशक देवकोटाले भने ‘नेप्से परिसूचक, धितोपत्र बजार, लगानीकर्ताको सुरक्षा,वस्तु विनिमयलगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छौं।’
पछिल्लो समयमा राम्ररी नबुझेर हचुवामा लगानी गर्ने प्रचलन बढेकाले धितोपत्र बोर्डले जिल्ला जिल्लामा पुगेर साक्षारताका कार्यक्रम गरिरहेको उल्लेख गरे । पूँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिवृद्धि हुनु पर्ने उल्लेख गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढी: ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।