- नेपाल भ्रमण गर्नेहरूमा सबैभन्दा धेरै भारतीयहरू रहेका छन्। यस वर्ष २ लाख ९३ हजार भारतीय पर्यटकहरूले नेपाल भ्रमण गरे।
काठमाडौँ: वर्ष २०२४ को ११ महिनामा जम्मा १० लाख ५५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष यो संख्या ९ लाख १८ हजार थियो । गत वर्षको तुलनामा ३७ हजारले पर्यटक बढेका छन्।
नेपाल भ्रमण गर्नेहरूमा सबैभन्दा धेरै भारतीयहरू रहेका छन्। यस वर्ष २ लाख ९३ हजार भारतीय पर्यटकहरूले नेपाल भ्रमण गरे। यो समग्र पर्यटक आवागमनको २७ दसमलव ८ प्रतिशत हो।
भारत पछि सबै भन्दा धेरै अमेरिकन पर्यटकहरू १ लाख ४ हजार संख्या सहित दोश्रो स्थानमा रहेका छन्। त्यस्तै उत्तरी छिमेकी राष्ट्र चीनबाट ९२ हजार पर्यटकहरूले नेपाल भ्रमण गरेका छन्। नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्याको हिसाबले चीनको तेस्रो स्थान रहेको छ ।
दक्षिण एसियाको सार्क राष्ट्रहरूमा भारत पछि सबै भन्दा धेरै बंगलादेशबाट ४२ हजार पर्यटक आएका छन् भने एसियामा भारत पछि थाईल्याण्डबाट २५ हजार, द कोरियाबाट २४ हजार र जापानबाट २० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल भ्रमण गर्ने युरोपेली राष्ट्रहरूमा बेलायतबाट ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन। बेलायतले भारत, अमेरिका र चीन पछि समग्र पर्यटन आवागमनको चौथो स्थान ओगटेको छ।
त्यस्तै युरोपेली राष्ट्रहरूमा बेलायत पछि जर्मनीबाट २८ हजार र फ्रान्सबाट २४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल भ्रमण गर्ने पर्यटकहरूमा ३९ हजार संख्या सहित अष्ट्रेलिया छैठौं स्थान रहेको छ।
तथ्याङ्क श्रोत: नेपाल पर्यटन बोर्ड
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ असोज २९ गते विहिबार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’