- जिल्लामा पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन समेत बढेको छ । विशेषगरी रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ ।
बाजुरा, २४ कार्त्तिक । बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२ /०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो ।
गत आर्थिक बर्ष २०८१/०८२ मा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस आर्थिक बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ।गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसीराम साहनीले बताए ।
अघिल्लो बर्षको भन्दा यो आर्थिक बर्ष ७ सय ५८ मेट्रिक टन धान बढी उत्पादन भएको साहनीको भनाइ छ । त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको साहनीले जानकारी दिए । बाजुरामा पछिल्ला बर्षहरुमा धान उत्पादनमा बृद्धि हुँदै गएको छ ।
साथै जिल्लामा पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन समेत बढेको छ । विशेषगरी रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय किशानहरुले उन्नत जातका धानखेती गर्ने गरेको हुँदा ज्ञान केन्द्रले पनि कतिपय उन्नत खाले धानको बिउ बितरण गर्ने गरेको हो ।जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७ हजार २ सय ३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५ हजार २ सय हेक्टर, असिंचित र पाखो धान खेती २ हजार ३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकंमा रहेको छ ।
कुल खेति गरिएको जमिन २ हजार ६ सय १६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ ।
यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य रहेको छ । जिल्लामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको छ।बाजुरामा प्रयाप्त मात्रामा सिचाईको सुबिधा नुहुनु, आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने हुँदा सोचेजस्तो धान उत्पादन नहुने गरेको छ ।
त्यस्तै कुल २ हजार ५ सय ५५ हेक्टर जमिनमा ३ हजार ५ सय ९० मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। नेपाली जनजीवनमा ‘कु’ अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेकोमा अहिले गरिब भन्दा पनि धनीहरुले बढि प्रयोग गर्ने गरेको पाइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।