- जिल्लामा पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन समेत बढेको छ । विशेषगरी रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ ।
बाजुरा, २४ कार्त्तिक । बाजुरामा यस बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार, यस आर्थिक बर्ष २०८२ /०८३ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन हो ।
गत आर्थिक बर्ष २०८१/०८२ मा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस आर्थिक बर्ष १८ हजार २ सय ५८ मेट्रिक टन धान उत्पादन भएको छ।गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा बृद्धि भएको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसीराम साहनीले बताए ।
अघिल्लो बर्षको भन्दा यो आर्थिक बर्ष ७ सय ५८ मेट्रिक टन धान बढी उत्पादन भएको साहनीको भनाइ छ । त्यस्तै आर्थिक बर्ष २०८०/०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको साहनीले जानकारी दिए । बाजुरामा पछिल्ला बर्षहरुमा धान उत्पादनमा बृद्धि हुँदै गएको छ ।
साथै जिल्लामा पछिल्लो समय उन्नत जातका धान लगाउने प्रचलन समेत बढेको छ । विशेषगरी रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय किशानहरुले उन्नत जातका धानखेती गर्ने गरेको हुँदा ज्ञान केन्द्रले पनि कतिपय उन्नत खाले धानको बिउ बितरण गर्ने गरेको हो ।जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७ हजार २ सय ३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५ हजार २ सय हेक्टर, असिंचित र पाखो धान खेती २ हजार ३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकंमा रहेको छ ।
कुल खेति गरिएको जमिन २ हजार ६ सय १६ हेक्टर छ । कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ ।
यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य रहेको छ । जिल्लामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको छ।बाजुरामा प्रयाप्त मात्रामा सिचाईको सुबिधा नुहुनु, आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने हुँदा सोचेजस्तो धान उत्पादन नहुने गरेको छ ।
त्यस्तै कुल २ हजार ५ सय ५५ हेक्टर जमिनमा ३ हजार ५ सय ९० मेट्रिक टन कोदो उत्पादन भएको छ । कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। नेपाली जनजीवनमा ‘कु’ अन्नको उपाधि पाएको कोदोलाई गरिबको भिटामिनको रुपमा मात्रै लिने गरेकोमा अहिले गरिब भन्दा पनि धनीहरुले बढि प्रयोग गर्ने गरेको पाइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।