सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घटायो

२०८२ मङ्सिर २३ मङ्गलवार
सारांश
  • सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।

काठमाण्डौ, २३ मङ्सिर । सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उखुको समर्थन मूल्य तोकेको हो ।

 

अघिल्लो बर्ष सरकारले प्रतिक्विन्टल ६५५ रुपियाँ निर्धारण गरेको थियो ।

 

यसबर्ष सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँ घटाएको छ । सरकारले उखुको समर्थन मुल्य २०८०-८१ मा ६३५, २०७९-८० मा ६१०, २०७८-७९ मा ५९० तोकेको थियो ।      

 

कृषि मन्त्रालयका अनुसार हाल देशका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा वार्षिक ३२ लाख १७६ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ ।

 

त्यस्तै सरकारले उखु किसानलाई दिने अनुदान रकम ७० कायम गरिएको छ । अघिल्लो बर्षपनि अनुदान रकम यति नै रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार