- रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०३ वैशाख । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो । लखनउले दिएको १४७ रनको लक्ष्य पछाएको बैंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुका लागि विराट कोहलीले ४९ रन बनाए भने कप्तान रजत पाटीदारले २७ र जितेश शर्माले २३ रन बनाएका थिए । त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३ र आभेश खानले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ४०, मुकुल चौधरीको ३९ र आयुष बदानीले ३८ रनको मद्धतले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर रसिक सलामले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्डेयले २ विकेट लिएका थिए ।
यो जितपछि बैंगलुरु ५ खेलमा ८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने लखनउको ५ खेमा ४ अंक रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
-
आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
-
अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
-
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।