बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति
२०८२ कार्तिक २२ शनिबार
- कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘
रामेछाप : बेमौसमी वर्षाले रामेछाप जिल्लामा ८७ हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा ठुलो क्षति पु¥याएको छ । वर्षाले खेतमा पानी जम्दा काटिएको धान बाली नष्ट हुँदा किसानले नोक्सानी बेहोर्नु परेको छ ।
कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोदप्रसाद दाहालका अनुसार बेमौसमी वर्षाका कारण जिल्लामा करिब १३९ मेट्रिक टन धान बाली नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । ‘यसबाट किसानलाई करिब ६० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति पुगेको अनुमान गरेका छौँ’, उनले भने ।
सबैभन्दा बढी क्षति खाँडादेवी गाउँपालिकामा भएको छ। सो पालिकामा ६२ हेक्टर क्षेत्रमा लगाइएको धानमध्ये ११४ मेट्रिक टन बाली नष्ट भइ किसानले ३५ लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको दाहालले जानकारी दिए ।
त्यसैगरी लिखुतामाकोशी गाउँपालिकामा करिब २५ हेक्टर क्षेत्रफलमा बाली नष्ट भई २७ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयले जनाएको छ ।
रामेछापमा रहेका ८ वटा स्थानीय तहमध्ये सुनापति गाउँपालिकामा धानबालीमा कुनै क्षति नपुगेको भए पनि बाँकी अन्य २ नगरपालिका र ३ गाउँपालिकामा करिब ३० हेक्टर क्षेत्रफलमा धानबाली क्षति भएको प्रारम्भिक विवरण कार्यालयले सङ्कलन गरेको छ ।
प्रमुख दाहालका अनुसार क्षतिको विस्तृत विवरण वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउने तयारी भइरहेको छ । प्रदेश सरकारले किसानलाई राहतस्वरूप २० हेक्टर बराबरमा ३० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । अहिले क्षतिग्रस्त कृषकको पहिचान भइरहेको र राहत वितरणका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
रामेछापमा कुल ८ हजार ६ सय १५ हेक्टर धान खेतीयोग्य जमिन रहेको छ । यस वर्ष सो क्षेत्रफलको करिब ९५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो । जिल्लामा धानको औसत उत्पादकत्व प्रतिहेक्टर २ दशमलव १७ मेट्रिक टन रहेको कृषि विकास कार्यालयका तथ्याङ्कले देखाउँछ ।
स्थानीय किसानहरूका अनुसार बेमौसमी वर्षाले खेतमा काटेको मात्र होइन काट्न नपाएको धान ढल्ने, कुहिने लगायतको समस्या देखिएको छ । उनीहरूले प्रदेश सरकारसँग राहत तत्काल उपलब्ध गराइदिन माग गरेका छन् ।
कृषि विकास कार्यालय रामेछापले किसानहरूको क्षति मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको र राहतका लागि प्रस्ताव छिट्टै पठाइने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाली कांग्रेसको घोषणापत्र उर्जा क्षेत्रको सन्दर्भमा प्रगतिशील देखियो: विज्ञ पौडेल
-
चुनावअघि दुर्गा प्रसाई नछुट्ने, पाँच दिन हिरासतमा राख्न अनुमति
-
गृहमन्त्री अर्यालसहित उच्चस्तरीय टोलीले निर्वाचन सुरक्षा अनुगमन गर्दै
-
मध्यपूर्वमा संयमता र कूटनीतिक समाधान गर्न नेपालको जोड
-
नेप्से १९.२७ अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार
धेरै पढिएको
-
गुगलको तथ्याङ्क केन्द्रका लागि विश्वकै ठूलो ऊर्जा सञ्चय प्रणाली निर्माण हुने
-
एजेण्डाको स्वीकार्यता परीक्षण गर्दै राप्रपा
-
के बालबालिकाको घुर्ने समस्या सामान्य हो ?
-
पूर्वसहकर्मीहरुको प्रतिस्पर्धाले तताएको कर्णालीका चार निर्वाचन क्षेत्र
-
पाँच मध्ये एक किशोरकिशोरीले इन्स्टाग्राममा 'आपत्तिजनक कन्टेन्ट' देखेको खुलासा
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।