निगमले डिजेल-मट्टितेलको मुल्य बढायो

२०८३ वैशाख ०३ विहिवार
सारांश
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

काठमाण्डौ, ०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

 

मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा डिजल- मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ । निगमले मुल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।  

 

त्यस्तै, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ ।

 

निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मुल्य भने यथावत राखेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार