एनसेलले भन्यो- दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म अब चल्दैनन्
२०८२ भाद्र १९ बिहीवार
- प्राधिकरणको निर्देशन अनुसार सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू मोबाइल डाटाबाट नचल्ने जानकारी गराएको हो ।
काठमाडौं: एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै एनसेलले नेपाल दूर सञ्चार प्राधिकरणको निर्देशन अनुसार सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू मोबाइल डाटाबाट नचल्ने जानकारी गराएको हो ।
एनसेलले भनेको छ-
नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ९, २०८२ को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ १९, २०८२ को मन्त्रिस्तरिय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु निष्क्रिय गर्नका लागि यस कम्पनीलाई निर्देशन दिए बमोजिम एनसेलको इन्टरनेट सेवाबाट पनि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु नचल्ने अग्रिम जानकारी गराउन चाहन्छौं । यसबाट पर्न जाने असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यद्यपि टिकटक र भाइबर लगायत अन्य दर्ता भईसकेका सामाजिक सञ्जाल प्लेटफर्महरु भने एनसेलको डाटा सेवामार्फत चलाउन सकिने व्यहोरा जानकारी गराउँदछौं ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरी निरीक्षक भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ
-
स्पेनमा आज आम निर्वाचन, सर्वेक्षण दक्षिणपन्थी गठबन्धन अगाडी
-
सुनचाँदीको मूल्य बढ्यो
-
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।