पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्र्माटफोन आयात

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्र्माटफोन आयात हुने गर्दछन् ।

काठमाडौं: चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । 

 

चालु आवको साउन महिना भित्र विभिन्न मुलुक बाट ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरका १ लाख ९८ हजार ३३३ ओटा स्र्माटफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।


यस अबधिमा सबैभन्दा धेरै २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँको १ लाख ७५ हजार ८२९ ओटा स्र्माटफोन चीनबाट आयात भएका छन् । नेपालमा चीन, भारत, जर्मनी, क्यानडा बेल्जीयम, हङकङ, जापान, थाइल्यान्ड, स्विजरल्यान्ड लगायत मुलुकबाट स्र्माटफोन आयात हुने गर्दछन् ।


अघिल्लो आव २०८१/८२ को सोहि अबधिमा ३ अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँ बराबरका २ लाख २५ हजार १६३ ओटा स्र्माटफोन आयात भएका छन् । यस अबधिमा सबैभन्दा बढी २ अर्ब रुपैयाँका १ लाख ५५ हजार ओटा स्र्माटफोन चीनबाट आयात भएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार