परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता

११ कार्तिक, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्राँस्वाज पुइग इन्जाले शिष्टाचार भेट गरेकी छन् ।

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्राँस्वाज पुइग इन्जाले शिष्टाचार भेट गरेकी छन् ।

 

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत पुइग–इन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

 

भेटमा नेपाल र फ्रान्सबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल हुनुका साथै हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषय छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार