बाढीपीडितको पहिचानका लागि अमेरिकाले नेपाललाई दियो थप डीएनए परीक्षण सामग्री
१२ कार्तिक, २०८३
- अमेरिकाले गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न नेपाल प्रहरीलाई थप डीएनए परीक्षण सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं : अमेरिकाले गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न नेपाल प्रहरीलाई थप डीएनए परीक्षण सामग्री उपलब्ध गराएको छ ।
अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोका सहायक कानुन कार्यान्वयन सहचारी राइली पाम्लट्रीले यसै साता अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकले उत्पादन गरेका दुई खेप सामग्री हस्तान्तरण गरेका हुन् ।
नेपालको द्रुत डीएनए परीक्षण प्रणालीलाई सहयोग गर्न अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलरको योगदानअन्तर्गत यी सामग्री प्रदान गरिएको हो । यसबाट बाढीमा बेपत्ता भएका आफन्तको खबर पर्खिरहेका परिवारलाई आफ्ना प्रियजनको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले नेपालमा बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्दै आएको छ। बाढी प्रभावितको जीवन रक्षा र विपद्पछिको पुनःस्थापनाका लागि अमेरिकाले हालसम्म तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अदालतमा मुद्दा रहेका कांग्रेसका चार निर्वाचित केन्द्रीय सदस्यको शपथ रोकियो
-
महानिरीक्षक कार्कीले बोलाए पिसीसी बैठक
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु
-
बाढीपीडितको पहिचानका लागि अमेरिकाले नेपाललाई दियो थप डीएनए परीक्षण सामग्री
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा कार्तिक १५ गतेदेखि टोल शुल्क अनिवार्य गरिदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।