चोलेन्द्र पक्राउबारे रन्जु दर्शनाको टिप्पणी- पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ !
१२ असोज, २०८३, सोमवार
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे कानुनी प्रक्रिया र प्रमाणको विषय उठाएकी छन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउबारे कानुनी प्रक्रिया र प्रमाणको विषय उठाएकी छन् ।
दर्शनाले कसुर देखिए कानुनअनुसार पक्राउ गर्न सकिने भए पनि पक्राउको प्रक्रिया विधिसम्मत हुनुपर्ने बताएकी छन् । आरोप मात्र पर्याप्त नहुने भन्दै उनले कसुर पुष्टि गर्ने आधार र प्रमाण आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले अधिकार प्रयोग गर्दा कानुन, विधि र प्रमाणलाई आधार बनाउनुपर्ने बताएकी छन् । उनले भनेकी छन्, ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ । कानुनको शासन भनेकै यही हो। अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन ।’
पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षित स्थानमा केही समय स्थानान्तरण गर्न गरिएको पक्राउको सन्दर्भमा उनले उनको सुरक्षाका लागि सतर्कता बढाउनुपर्ने धारणा राखेकी छन् ।
दर्शनाले कुनै पनि पुस्ता वा समूहबाट जबरालाई सुरक्षा चुनौती आउन नदिन आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।