सरकारले दबाब दिएको भन्दै साइबर ब्युरो पुगे कांग्रेस नेता शिवाकोटी
२२ कार्तिक, २०८३
- साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा प्रहरीले आफूलाई बोलाएको र अनुसन्धान अघि बढाएको आरोप लगाए ।
काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन् । आफूविरुद्ध परेको उजुरीमाथि अनुसन्धानका लागि ब्युरोले उपस्थित हुन ताकेता गरेपछि उनी आइतबार दिउँसो त्यहाँ पुगेका हुन् ।
साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा प्रहरीले आफूलाई बोलाएको र अनुसन्धान अघि बढाएको आरोप लगाए ।
सत्तारूढ दल तथा प्रधानमन्त्री बालेन शाहनिकट व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेको दाबी गर्दै उनले त्यसको प्रतिवाद गर्दा आफूविरुद्ध उजुरी परेको हुन सक्ने बताए ।
उनले विगतमा प्रधानमन्त्री बालेन शाहले ‘सिंहदरबार जलाइदिन्छु’ भन्ने अभिव्यक्ति दिँदा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा लिइएको स्मरण गराए । तर, अहिले प्रधानमन्त्रीका सल्लाहकार तथा निकट व्यक्तिहरूले प्रतिपक्षीको आवाज दबाउन खोजिरहेको आरोप शिवाकोटीले लगाए ।
प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिमाथि अनुसन्धानका नाममा दबाब सिर्जना गर्ने काम भइरहेको उनको भनाइ थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।