- समितिलाई दुर्घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा आज भएको ईभी दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।
दुर्घटनाको कारण र घटनाको वास्तविक अवस्था पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्ट, भौतिक पूर्वाधार मन्त्रालय बागमती प्रदेशका इन्जिनियर निरज महत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत अनुशिया भट्टराई सदस्य रहेका छन्।
समितिलाई दुर्घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।