व्यक्तिगत कीर्तिमानीभन्दा टिमको जित महत्वपूर्ण : सन्दीप लामिछाने
२६ कार्तिक, २०८३
- ह्याट्रिक पूरा गरेको कुरा आफूलाई तत्काल थाहा नभएको पनि उनले बताए । टिमका साथीहरूले जानकारी गराएपछि मात्रै ह्याट्रिक भएको थाहा पाएको उनको भनाइ थियो ।
काठमाडौँ: विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टिमको जितलाई बढी महत्त्व दिएको बताएका छन् ।
पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले प्रतियोगितामा टिमका लागि महत्त्वपूर्ण दुई अङ्क जोड्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए । पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका उनले व्यक्तिगत उपलब्धिभन्दा टिमको जित नै महत्त्वपूर्ण हुने धारणा राखे ।
ह्याट्रिक पूरा गरेको कुरा आफूलाई तत्काल थाहा नभएको पनि उनले बताए । टिमका साथीहरूले जानकारी गराएपछि मात्रै ह्याट्रिक भएको थाहा पाएको उनको भनाइ थियो ।
लामिछानेका अनुसार बलरले कति विकेट लियो भन्नेभन्दा पनि खेलको कुन परिस्थिति र समयमा बलिङ गर्यो भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । अर्को इन्डबाट अन्य बलरले पनि दबाब सिर्जना गरेकाले आफूलाई बलिङ गर्न सहज भएको उनले बताए ।
साथै, अन्य खेलाडीको योगदानले आफ्नो प्रदर्शनलाई प्रभावकारी बनाउन सहयोग गरेको उल्लेख गर्दै उनले पोखराविरुद्धको जितलाई उत्कृष्ट सामूहिक प्रदर्शनको उदाहरणका रूपमा प्रस्तुत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।