लामिछानेको सन्देश : सामाजिक एकता र राष्ट्रिय सद्भाव बलियो बनाऔँ
२२ कार्तिक, २०८३
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठजस्ता पर्वले सामाजिक सद्भाव, आपसी प्रेम र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुगोस् भन्ने कामना गरेका छन् ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठजस्ता पर्वले सामाजिक सद्भाव, आपसी प्रेम र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुगोस् भन्ने कामना गरेका छन् ।
दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै लामिछानेले परिवार, समाज तथा समुदायबीचको आपसी सम्बन्ध र सद्भावलाई अझ सुदृढ बनाउन पर्वहरूको विशेष भूमिका रहने बताएका हुन् ।
उनले विविधताबीच कायम रहेको राष्ट्रिय एकतालाई थप बलियो बनाउँदै देशमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । तिहारले उज्यालो, उमङ्ग र उत्साह तथा छठले आस्था, श्रद्धा र समर्पणको भावना जगाउने उल्लेख गर्दै उनले यी पर्वले सबै नेपालीको जीवनमा सकारात्मक ऊर्जा ल्याओस् भन्ने कामना गरेका छन् ।
यसैबीच, राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको छठ पर्व मनाउन आफूहरू जनकपुरधामस्थित गङ्गासागरमा उपस्थित हुने जानकारी पनि लामिछानेले दिएका छन् । उनले पर्वका माध्यमबाट सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने सन्देश दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।