सरकारमाथि पौडेलको प्रश्न : नागरिक स्वतन्त्रता खोस्ने प्रयास किन ?
२२ कार्तिक, २०८३
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिकको स्वतन्त्रता सीमित गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार नागरिकको स्वतन्त्रता सीमित गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले नागरिक स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको दाबी गरे । उनले यस्तो प्रवृत्तिले निरङ्कुश शासन व्यवस्था हाबी हुने खतरा बढाएको बताए ।
सरकारका प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धका प्रमाण मेटाउने र आफूलाई अनुकूल हुने प्रमाण मात्रै सार्वजनिक गर्ने गरेको आरोप पनि पौडेलले लगाए । अहिलेको व्यवस्था स्थापनामा कुनै योगदान नगरेकाहरूलाई समेत जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै उनले प्राप्त जनमतको दुरुपयोग नगर्न सरकारलाई आग्रह गरे ।
पौडेलले नेपाली कांग्रेसभित्र बृहत् एकताका लागि आफूले अधिकतम प्रयास गरिरहेको पनि बताए । विधिको शासन भएको मुलुकमा एउटै पार्टीका दुई सभापति, दुई झन्डा र दुई चुनाव चिह्न हुन नसक्ने उनको भनाइ थियो ।
कांग्रेसको अर्को पक्षबाट भइरहेका गतिविधि विधिको शासनविपरीत रहेको आरोप लगाउँदै उनले पार्टीभित्रको विवाद समाधान गर्न विधि र प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।