कांग्रेसको प्रश्न-महँगी र कालोबजारीमा सरकार किन मौन ?

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली कांग्रेस नेता तथा सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महंगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

कानुनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मुकदर्शक बनेको उनले आरोप लगाए। राष्ट्रिय शोक र विपद्को बेला जनताको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनले बताए । उनले बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही र आपूर्ति सहज नबनाए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए।

 

साथै उनले रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा बाढी प्रभावित थप समस्यामा परेको भन्दै सडक सञ्जाललाई सुचारु गराउनेतर्फ ध्यान दिन समेत आग्रह गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार