कांग्रेसको प्रश्न-महँगी र कालोबजारीमा सरकार किन मौन ?

३१ भाद्र, २०८३, बुधवार
सारांश
  • प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली कांग्रेस नेता तथा सांसद अर्जुन नरसिंह केसीले विपद्को आडमा अत्यधिक महंगी र कालोबजारी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

 

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद केसीले रसुवा बाढी पछि महँगी,कालोबजारी र ग्यास अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

कानुनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमै सीमित भएको र अनुगमनकारी निकाय मुकदर्शक बनेको उनले आरोप लगाए। राष्ट्रिय शोक र विपद्को बेला जनताको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भए पनि सरकार मौन बसेको उनले बताए । उनले बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही र आपूर्ति सहज नबनाए जनता सडकमा उत्रिन बाध्य हुने चेतावनी दिए।

 

साथै उनले रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा बाढी प्रभावित थप समस्यामा परेको भन्दै सडक सञ्जाललाई सुचारु गराउनेतर्फ ध्यान दिन समेत आग्रह गरे।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार