संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ भाद्र ३१ बुधवार
सारांश
  • सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

काठमाण्डौ, ३१ भाद्र । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

 

संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

 

बैठकमा महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'बालबालिका सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै, आजै राष्ट्रिय सभाको बैठक दिउसो १: १५ बजेदेखि बस्दैछ । आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

 

यसैगरि, विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले 'संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन' सभा समक्ष पेस गर्ने कार्यसूची छ भने विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार