चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने

१४ कार्तिक, २०८३
सारांश
  • भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिने जानकारी दिएको छ ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिने जानकारी दिएको छ ।

 

हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा मध्यमसम्मको वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

 

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशको केही स्थानमा तथा लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ ।

 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली थोरै स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको समभावना छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार