- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेको छ ।
काभ्रे, १४ कार्त्तिक । पहिरो र खहरे खोलाको लेदो सडकमा खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटोसहितको लेदो खसेको छ । त्यस्तै, रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ ।
दुवै स्थानमा सडक अवरुद्ध भएपछि बीपी राजमार्गमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक समन्वय गर्न १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
पहिरो तथा लेदो पन्छाएर सडक सञ्चालनमा ल्याउने कार्य नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई आग्रह गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
-
चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने
-
एनपीएलमा आज दुई खेल हुँदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।