- जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आज पहिलो खेल अपराहन्न साढे १२ बजेदेखि चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुँदैछ ।
काठमाण्डौ, १४ कार्त्तिक । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आज पहिलो खेल अपराहन्न साढे १२ बजेदेखि चितवन राइनोज र लुम्बिनी लायन्सबीच हुँदैछ ।
प्रतियोगितामा लुम्बिनी र चितवनले आ-आफ्नो पहिलो खेल जितेर शानदार शुरुवात गरेका छन् । लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।
त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । विराटनगर किंग्सले यसअघिका दुवै खेलमा हार बेहोरेर जित्नै पर्ने दबाबमा खेल्दैछ भने सुदूरपश्चिमले यसअघिका दुई मध्ये एक जित र एक हार बेहोरेको छ । विराटनगर चितवन र कर्णाली याक्ससँग पराजित भएको थियो । त्यस्तै सुदूरपश्चिम भने लुम्बिनीसँग पराजित भएको थियो भने पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।
विहिबारदेखि शुरु भएको चक्रबात 'अर्नब' को प्रभावका कारण बर्षा भइरहेकाले आजको खेललाई प्रभाव पार्नसक्ने अनुमान गरिएको छ । शुक्रबार दिनभर काठमाडौँमा बर्षा भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।