महाधिवेशनमा उत्साहका साथ सहभागी हुन सभापति गगन थापाको अपिल
२०८३ भाद्र ३१ बुधवार
- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन्
काठमाण्डौ, ३१ भाद्र । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन् ।
सभापति थापाले संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् । पार्टीभित्र फरक मत र असमझदारी हुनसक्ने भए पनि संवाद, विधि र पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ ।
उनले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने बताएका छन् । वडा तहदेखि केन्द्रसम्मका अधिवेशनमा उच्च मनोबलका साथ सहभागी हुन उनले पार्टीका सबै तहका नेता, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।
पार्टीले २०८२ पुससम्म सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागी गराउने निर्णय गरेको थापाले बताएका छन् । उनका अनुसार सदस्यता व्यवस्थापन समितिले सोहीअनुसार सदस्यताको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ ।
यसैगरी, विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गर्ने व्यवस्था गरिएको उनले बताएका छन् । त्यसैले उनीहरू १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुने भन्दै कुनै द्विविधामा नपर्न थापाले आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा हुने कार्यतालिका छ । असोज ३ गते वडा तहबाट सुरु हुने अधिवेशनलाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न उनले सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
-
चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने
-
एनपीएलमा आज दुई खेल हुँदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।