हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन शुरु
१२ कार्तिक, २०८३
- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयहरूको सम्मेलन शुरु भएको छ
हेटौँडा, १२ कार्त्तिक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा हेटौँडामा प्रदेशका शिक्षामन्त्री तथा प्रदेश विश्वविद्यालयहरूको सम्मेलन शुरु भएको छ ।
शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनको उद्देश्य शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार र प्रदेशहरूबीच सहकार्य बढाउनु रहेको छ ।
बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको अध्यक्षतामा सुरु भएको सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित विभिन्न प्रदेशका मन्त्री, विश्वविद्यालयका पदाधिकारी, सरकारी अधिकारी तथा शिक्षा क्षेत्रका विज्ञ सहभागी छन् ।
सम्मेलनमा सातै प्रदेशका शिक्षा क्षेत्रका उपलब्धि, असल अभ्यास र चुनौतीबारे अनुभव आदानप्रदान गरिनेछ। साथै, संघ र प्रदेशबीचको समन्वय, प्रदेश विश्वविद्यालयको संस्थागत विकास तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिबारे छलफल हुनेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनले प्रदेशस्तरको शिक्षा प्रणाली प्रभावकारी बनाउन र उच्च शिक्षाको विकासका लागि साझा रणनीति तथा नीतिगत उपाय तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
-
नेप्सेमा ३१.५४ अंकको वृद्धि, ८ अर्ब ५७ करोडको कारोबार
-
काठमाण्डौ गोर्खाजमाथि जनकपुरको शानदार जित
-
हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन शुरु
-
गृहमन्त्री सुदन गुरुङको लेखबारे `एआईको युगमा नेपाल´ अभियानका संयोजक पन्तको टिप्पणी
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।