देउवालाई बाजागाजासहित यी ३ ठाउँबाट गरिँदैछ स्वागत

२८ श्रावण, २०८३, बिहिवार
सारांश
  • इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन्।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न पार्टीको इतर समूहले आज भव्य स्वागतको तयारी गरिरहेको छ। करिब साढे ५ महिनापछि देउवा आज दिउँसो १२:२५ बजे काठमाडौं आइपुग्दैछन्।

 

इतर समूहले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा इतर समूहका शीर्षले एयरपोर्टमै पुगेर स्वागत गर्नेछन्।

 

देउवाको स्वागतमा अन्य नेता कार्यकर्ता एयरपोर्टबाहिर तीन ठाउँमा भेला हुनेछन्। स्वागतमा करिब ५ देखि ७ हजार नेता कार्यकर्ता उपस्थित हुने दाबी गरिएको छ।

 

देउवालाई विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडि खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा भेला भएर बाजागाजा र झाँकीसहित स्वागत गर्ने तयारी छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार