- आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुँदैछन् ।
काठमाण्डौ, २६ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज अपराहन्न साढे १२ बजेदेखि शुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमने सामने हुँदैछन् ।
जारी प्रतियोगितामा विराटनगर किंग्सले ५ खेलमा २ जित र ३ हारसहित ४ अंक हासिल गरेको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै पोखरा एभेन्जर्सले भने ५ खेलमा एक खेलमा मात्र जित हासिल गरेको छ ।
त्यसैगरी, आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दैछन् । कर्णालीले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ र ४ अंकसहित सातौं स्थानमा छ भने लुम्बिनीको ५ खेलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।