गोरखामा रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर
२५ कार्तिक, २०८३
- ट्याक्सीमा सवार सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर रहेको छ ।
गोरखा: गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
बुधबार चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिएको अवस्थामा अचानक ब्याक भएर तल खसेको हो ।
दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । दुर्घटनामा चालक सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय वीरबहादुर गुरुङको अवस्था सामान्य रहेको छ ।
त्यस्तै, ट्याक्सीमा सवार सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर रहेको छ । गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै दाहिने खुट्टा र छातीमा चोट लागेको छ । त्यसैगरी, अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनास्थल प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब सात किलोमिटर उत्तरमा पर्दछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गोरखामा रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।