कोशी प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

२७ श्रावण, २०८३, बुधवार
सारांश
  • केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।

काठमाडौँ: नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।  कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् ।

 

कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

 

केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।

 

कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठन हुने र नेकपासहितको सरकार बन्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार