निम्सदाइसहितका आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुख व्यक्त

१६ श्रावण, २०८३, शनिवार
सारांश
  • प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको बताएका छन् ।

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित सम्पूर्ण आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आरोहण केवल शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको उच्च अभिव्यक्ति भएको बताएका छन् ।

 

उनले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गरेका छन् । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने उनको भनाइ छ ।

 

प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिकमा विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित छ जना नेपाली र चार जना विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको बताएका छन् ।

 

उनले निर्मल पुर्जासहित निधन भएका सबै आरोहीको भौतिक यात्रा मात्र रोकिएको तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने उल्लेख गरेका छन् ।

 

प्रधानमन्त्री शाहले दिवङ्गत सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार