राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची

२०८३ श्रावण १५ शुक्रवार
सारांश
  • राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

काठमाण्डौ, १५ श्रावण । राष्ट्रिय सभाको बैठक आज अपराह्न १: १५ बजे बस्ने भएको छ । बैठकमा प्रश्नोत्तर, ध्यानाकर्षण प्रस्ताव तथा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

 

बैठकमा गृह मन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ । त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिनेछन् ।

 

यस्तै, राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धमा गृह मन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ ।

 

यसैगरी बैठकमा संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार