विष्णु पौडेललाई तीन दिनको म्याद थप

१५ आषाढ़, २०८३, सोमवार
सारांश
  • यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदै थियो ।

काठमाडौ: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ३ दिन म्याद थप गरेको छ । 

 

विशेष अदालतका सदस्य न्यायाधीशहरु नारायणप्रसाद पौडेल र हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट सोमबार पौडेललाई थप तीन दिनको म्याद थप गरेको हो ।

 

यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिनको म्याद थप गरेको थियो, जुन आज सकिदै थियो ।

 

पौडेलको पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग गरिएको छ र अर्को सुनुवाई मंगलबार हुदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार