- ओलीले सरकारको आलोचना गर्दै बोलाएको संसद रोकेर अध्यादेश जारी गरेको आरोप लगाउदै सरकारका गैरसंबैधानिक काम रोक्न बामपन्थी शक्ति एक हुनुपर्ने बताए । ओलीले आफुहरु संक्रीणता नराख्ने र असम्भव कुराहरुप्रति उदार समेत नरहेको बताउदै सरकारका असंबैधानिक क्रियाकलाप रोक्न पनि एक हुनुपर्ने बताए ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै ओलीले चुनावमा धक्का खाएको बताउदै समाप्त नभएको बताए ।
उनले भने- 'अहिले चुनावमा हामीले धक्का खाएका छौं । यो धक्का हो तर हामि समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो । हामी अहिले लडेका हौँ मरेका हैनौं । फेरी उठ्छौं र प्रतिक्रियावादीलाई पराजित गर्छौं ।'
ओलीले सरकारको आलोचना गर्दै बोलाएको संसद रोकेर अध्यादेश जारी गरेको आरोप लगाउदै सरकारका गैरसंबैधानिक काम रोक्न बामपन्थी शक्ति एक हुनुपर्ने बताए । ओलीले आफुहरु संक्रीणता नराख्ने र असम्भव कुराहरुप्रति उदार समेत नरहेको बताउदै सरकारका असंबैधानिक क्रियाकलाप रोक्न पनि एक हुनुपर्ने बताए ।
उनले काँग्रेस फुटेको उल्लेख गर्दै अन्य दललाई पनि फुटाउने प्रयास गरिएको दाबि गरेका छन् । एमाले बलियो र एकताबद्ध पार्टी भएको बताउदै आफ्ना उद्देश्यप्रति सचेत र सजक रहेको र कसैले हात हाल खोज्दैमा त्यस्ता कुरालाई पराजित गर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।