नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
२०८३ असार ०३ बुधवार
- कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गतको बालविकास केन्द्रमा कार्यरत एक सहयोगी कार्यकर्तामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
अनुसन्धानका क्रममा बिना कुमारी राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।
उक्त झुट्टा कागजातका आधारमा उनले सरकारी सेवा सुविधा र लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पत्रकार पक्राउ प्रकरणमा सौरभ राज पन्तको टिप्पणी : ‘रुटिन अफ नेपाल बन्द’ पढ्ने पुस्ता र लोकतन्त्रका लागि कलम चलाएको पुस्ताबीच पुस्तान्तरणको द्वन्द्व
-
रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक
-
पहिरो र लेदो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध
-
चक्रवात 'अर्नब' को प्रभाव आजपनि रहने
-
एनपीएलमा आज दुई खेल हुँदै
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।