गैरआवासीय नेपालीद्वारा सरकारलाई एक करोड र डीएनए परीक्षण सामग्री हस्तान्तरण

९ कार्तिक, २०८३
सारांश
  • परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं : बेलायतमा बसोबास गर्दै आएका दुई गैरआवासीय नेपालीले परराष्ट्र मन्त्रालयलाई एक करोड रुपैयाँ आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्री हस्तान्तरण गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा उत्तम नेपालले एक करोड रुपैयाँको चेक र कुल आचार्यले डीएनए परीक्षणका सामग्री परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेका हुन् ।

 

सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त आर्थिक सहयोग र डीएनए परीक्षणका सामग्रीले सरकारको अनुसन्धान तथा डीएनए परीक्षण गर्ने क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका छन् ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघका प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार