- सडक डिभिजन इलामले मेची करिडोरअन्तर्गत बेलासे–राकासे भञ्ज्याङ, इलाम खण्डको सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता तोडेको छ ।
इलाम : सडक डिभिजन इलामले मेची करिडोरअन्तर्गत बेलासे–राकासे भञ्ज्याङ, इलाम खण्डको सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता तोडेको छ ।
निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरेपछि डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो ।
सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार निर्माण व्यवसायी श्री बुढाथोकी कृष्ण–सक्षम जेभी, काठमाडौंसँग भएको सम्झौता तोडिएको हो। सम्झौताअनुसार काम सम्पन्न गर्न पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम पूरा नगरेको सूचनामा उल्लेख छ ।
निर्माण कार्यको भौतिक प्रगति ४८.२८ प्रतिशत र वित्तीय प्रगति ३ प्रतिशत मात्र रहेको सूचनामा उल्लेख छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगरेपछि सार्वजनिक खरिद नियमावली तथा ठेक्का सम्झौताका प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको डिभिजनले जनाएको छ ।
ठेक्का सम्झौता अन्त्यसँगै निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने र बाँकी निर्माण कार्यका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे संसदीय उपसमितिको अध्ययन सुरु
-
बाढीपीडितको पहिचानका लागि अमेरिकाले नेपाललाई दियो थप डीएनए परीक्षण सामग्री
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गमा कार्तिक १५ गतेदेखि टोल शुल्क अनिवार्य गरिदै
-
चक्रवात 'अर्नब' का कारण भारतमा पाँच जनाको मृत्यु, १५ राज्यमा वर्षा
-
इलाममा सडक निर्माण ठेक्का सम्झौता तोडियो
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।