मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकियो
२०८३ वैशाख ३१ विहिवार
- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।
काठमाण्डौ, ३१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषदको पुनर्संरचना गर्दै मन्त्रीहरुको जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जस अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह तथा विज्ञान, प्रविधि एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, शिशिर खनालले परराष्ट्र, बिराज भक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।
त्यस्तै सुनिल लम्साललाई पूर्वाधार विकास, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला, सीता बादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा छन् ।
त्यस्तै खडक राज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार, गीता चौधरी कृषि, वन तथा वातावरण, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।