संसदमा प्रधानमन्त्रीको खोजी अनुहार हेर्न होइन, जवाफदेहिता खोजेको हो- खुश्बु ओली
२०८३ वैशाख ३१ विहिवार
- सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी विषय उठाएको तर प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जालमार्फत् जनतालाई जवाफ दिने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।
काठमाण्डौ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्न नभई जवाफदेहिता खोजेको बताएकी छिन् ।
विहिवार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरे पनि आफूहरूले स्वीकार गरेको तर यस अधिवेशनमा नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन ।
उनले भनिन्- 'नीति तथा कार्यक्रम उहाँकै कार्यक्रम हो । तर, अपनत्व नलिई कार्यक्रमकै बीचमा उठेर जानुभयो ।उहाँका केही बाध्यता होलान्,तर संसदमा उठेका विषयमा जवाफ दिनुपर्छ।'
सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी विषय उठाएको तर प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जालमार्फत् जनतालाई जवाफ दिने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।