महावीर पुनको चिन्ता: प्रधानमन्त्री संसदमा नआएको कुरा अन्तर्राष्ट्रिय मिडियाले थाह पाए के होला ?
२०८३ वैशाख ३१ विहिवार
- स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा उपस्थित नभएको प्रति आफ्नो धारणा राखेका छन् ।
काठमाण्डौ, ३१ वैशाख । स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा उपस्थित नभएको प्रति आफ्नो धारणा राखेका छन् ।
पुनले बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफलमा बोल्दै प्रधानमन्त्रीलाई सदनमा ल्याउन खोज्ने र प्रधानमन्त्रीको आउन नचाहने प्रयास चलिरहेको बताए ।
उनले भने- 'हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ । उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ । यो हाम्रो आन्तरिक कुरा होस् । भोलि चाहिँ इन्टरनेशनल मिडियामा गए के होला ?'
पुनले अन्तर्राष्ट्रिय मिडियामा पाइरहेको प्रधानमन्त्रीको ख्याको चिन्ता गर्दै भने- 'प्रधानमन्त्रीज्यू इन्टरनेशलन मिडियामा प्रख्यात हुनुभएको छ । यो विचार नगर्दा ख्याति चाहीँ कता जान्छ कि । इन्टरनेशनलले नसुने त ठिकै छ ।'
पुनले सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अलग बनाएकोमा सरकारलाई धन्यवाद दिए । तर उनले मन्त्रालयको नाममा अनुसन्धान समेत हुनुपर्ने बताउँदै सुधार गर्न सुझाव समेत दिए । पुनले मन्त्रालय मात्र खडा गरेर नहुने भन्दै पुँजीगत खर्चको १ प्रतिशत बजेटसमेत छुट्याउन माग गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चोलेन्द्रशमशेरलाई भेट्न नदिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
-
फेवातालमा उद्धारका लागि अत्याधुनिक जेट स्की बोट सञ्चालन
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
मलेखु–मुग्लिन सडक खुलाउन १० मेसिन परिचालन, भोलि बिहानसम्म यातायात सुचारु गर्ने तयारी
-
बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।