- चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ ।
बैठकले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । बैठकले ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि तोकिएको छ । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ ।
त्यस्तै बैठकले सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकेको छ भने पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् । हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूपदेव शाह महामन्त्री, विपिनकुमार आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सहकोषाध्यक्ष रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।