नीति तथा कार्यक्रम: उर्जा क्षेत्रमा एकद्वार प्रणाली लागू गर्ने घोषणा

२८ बैसाख, २०८३, सोमवार
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा ३० हजार  मेगावाट विद्युत् उत्पादन पुर्‍याउने लक्ष्य हासिल गर्न एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँ: सरकारले ऊर्जा, वन, भूमि तथा वातावरणसम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा सरकारले आगामी दशकमा ३० हजार  मेगावाट विद्युत् उत्पादन पुर्‍याउने लक्ष्य हासिल गर्न एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेका हुन् । 

 

एउटा आयोजना निर्माण गर्न धेरै सरकारी निकाय धाउनु पर्ने बाध्यता रहेको अवस्थाको अन्त्य गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने नीति ल्याएको छ । 

 

हाल राष्ट्रिय प्रणालीमा करिब ४२ सय मेगावाट बिजुली जडान भए पनि अत्यधिक माग २६ सय मेगावाट मात्रै रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार