नेपाल संवत् ११४७ को अवसरले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस्- राष्ट्रपति पौडेल
२४ कार्तिक, २०८३
- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
काठमाण्डौ, २४ कार्त्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन् ।
उनले लिच्छवि राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरणमा नेपाल संवत् प्रचलनमा आएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल संवत्जस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै आएको बताएका छन् ।
उनले शङ्खधर साख्वाको सामाजिक मुक्ति र लोककल्याणकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
साथै, नेपाल संवत्ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन तथा नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल संवत् ११४७ को अवसरले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस्- राष्ट्रपति पौडेल
-
नेपाल संवत् हाम्रो मौलिक समयचक्र र पहिचान हो- प्रधानमन्त्री शाह
-
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
-
तिहारको गोवर्धन, बली, गोरु र हलि पूजा आज मनाइँदै
-
नेपाल संवत् ११४७ आजदेखि शुरु, नेवार समुदायमा म्हः पूजा मनाइँदै
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।