परराष्ट्रमन्त्री खनालसँग ट्रम्पका विशेष दुत गोरको भेटवार्ता

१८ बैसाख, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटमा विशेषगरी लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् ।

 

शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटमा विशेषगरी लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

 

विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार