- हाल देशभर साधारणतया बादल लाग्नेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागमा तथा मधेश प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।
काठमाण्डौ, १३ कार्त्तिक । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात 'अर्नब' को पनि प्रभाव रहेको जनाएको छ ।
हाल देशभर साधारणतया बादल लाग्नेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागमा तथा मधेश प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।
कार्तिक १४ गते शनिबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिदै महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन हुन अनुरोध गरेको छ ।
यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनहुन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।